काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा महाबिर क्लब र खालीबारी युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार भएको खेलमा महाबिर र खालीबारीले २-२ गोलको बराबरी खेलेका हुन् ।
महाबिरका लागि राम ढकाल र रोमन तामाङले एक एक गोल गरे ।
खालीबारीका विमान लामा र सुदिप केसीले एक एक गरे ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।