आईलिगमा किरण उत्कृष्ट गोलकिपर
शनिबार, १४ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगको उत्कृष्ट गोलकिपर चुनिएका छन् ।
शनिबारबाट सकिएको आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।
किरणले पन्जाब एफसीबाट यस सिजनको आईलिग खेलेका थिए ।
तर, उनी लिगको एक खेल बाँकी रहदै नेपाल फर्किएका थिए ।
नेपाल,बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स फुटबलका लागि उनी घर फर्किएका हुन् ।
उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे ।
आईलिगको उपाधि भने गोकुलम केरेलाले जितेको छ ।







-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)



