काठमाडौं । डिफेन्डर निशान खड्काले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।
थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल अन्तर्गत बंगलादेशविरुद्धको खेलबाट निशानले डेब्यु गरेका हुन् ।
उनले सिनियर टिममा भने किर्गिस्तानविरुद्ध डेब्यु गरेका थिए ।
निशान खेलको ७१ औं मिनेटमा रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका हुन् ।
यस अघि संजोक राई र त्रिदेब गुरुङले डेब्यु गरेका थिए ।