काठमाडौं । मनोहरा युनाईटेड क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा मनोहराले समाज कल्याण खेलकुद केन्द्रलाई २-० ले पराजित गरेको हो ।
खेलको पाँचौं मिनेटमा अशोक बस्नेतले गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा अजय कुमार चौधरीले फ्रिकिकबाट गोल गर्दै मनोहरालाई २-० को जित दिलाए ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।