राखेप कर्मचारीको आर्थिक सहयोग
शुक्रबार, चैत १३, २०७७खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहेका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा वाहल रहेकै अवस्थामा कुनैपनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आइएको छ ।






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)


%20(1)-1761905198112.png&w=3840&q=75)




