काठमाडौं । त्रिदेशीय फुटबल अन्तर्गत नेपाल र किर्गिस्तानबीचको खेलमा कम टिकट बिक्री भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार दशरथ रंगशालामा भएको खेलमा २७ सय ११ मात्रै टिकट बिक्री भएको जनाएको छ ।
एन्फा प्रवक्ता तथा केन्द्रिय सदस्य किरण राईले भिआईपीतर्फ ५ सय २५ र साधारणतर्फ २ हजार १ सय ८६ टिकट बिक्री भएको खेलपाटीलाई बताए ।
एन्फाले यस प्रतियोगितामा टिकट, स्पोन्सर र ब्रोडकाष्टिङबाट १ करोड ५० लाख उठाउने लक्ष्य लिएको थियो । तर, नेपाल र किर्गिस्तानबीचको खेलमा कम टिकट बिक्री भएको हो ।
एन्फाले टिकट बिक्रीबाट उठेको रकमबाट १ करोड प्रतियोगिताको सम्पन्न गर्न खर्च हुने र बाकी ५० लाख फुटबलका अन्य कार्यक्रममा लागि खर्च गरिने बताएको थियो ।
एन्फाले बंगलादेश र किर्गिस्तानसँगको दुई खेल र फाइनल खेल गरि ४ खेलमा १ करोड भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, टिकट दरको महँगो हुँदा दर्शक मैदान प्रवेश नगर्दा पहिलो दिन निकैनै कम टिकट बिक्री भएको हो ।
एन्फाले खेल हेर्नको लागि सामान्य तर्फ ७ सय र भिआईपी तर्फ १५ सय तोकेको छ ।