कान्टेले विश्वकप छनौटको दुई खेल गुमाउने
शुक्रबार, १३ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण कान्टेले आगामी दुई खेल गुमाउने भएका हुन् ।
कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा फ्रान्स १-१ गोलको बराबरीमा रोकिएको थियो ।
विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।
फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।
समूह 'डी' मा रहेको फ्रान्स १ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)