इटालीको सहज जित
शुक्रबार, १३ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा इटालीले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।
जितसँगै समूह 'सी' को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
नर्दन आयरल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा स्विजरल्याण्डले बुल्गेरियालाई ३-१ ले हराएको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)