बिहिबार, मंसिर १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

शुन्यमै सन्तुष्ट बालगोपाल

शुक्रबार, १३ चैत्र २०७७दिपेश तिमल्सिना
शुन्यमै सन्तुष्ट बालगोपाल
Classic Tech Internet Ad

काठमाडौं । थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा बिहीबार नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो ।

विश्वकप छनौटको तयारीमा रहेको नेपालले किर्गिस्तानको यू–२३ टोलिसँग गोलरहित बराबरी खेल्दा प्रशिक्षक बालगोपाल महर्जनमाथी धेरै प्रश्न चिन्ह खडा भए ।

प्रशिक्षक महर्जनले खेलको पूर्व सन्धामा किर्गिस्तानी टोलीको स्तर नेपालभन्दा धेरै तल भएको बताएका थिए । उनले आफ्ना खेलाडीले तयारी अनुरुप प्रदर्शन गरेमा किर्गिस्तानीलाई सहजै हराउँन सक्ने बताएका थिए । तर, नेपाली टोलीले किर्गिस्तानी टोलीमाथी जितको नतिजा निकाल्न सकेनन् ।

मुख्य प्रशिक्षक महर्जनले सुरुवाती-११ मा नयाँ र युवा खेलाडीलाई प्राथमिकतामा राखेका थिए । सुरुवातीमै दुई खेलाडीलाई डेब्यु गराएका थिए । तर, खेलमा नतिजा प्रशिक्षक महर्जनले चाहेको जस्तो आएन ।

डिफेन्स लाइन मजबुद देखिएको नेपाली टिमको मिडफिल्ड र अग्रपंक्ति कमजोर देखिएको थियो । डेब्यु मिडफिल्डर त्रिदेब गुरुङ र संजोक राईमा अनुभवको अभाव प्रस्ट देखिन्थ्यो ।

मिडफिल्डमा बल होल्ड गरेर खेल्न सक्ने क्षमता भएका मिडफिल्डर विशाल राईलाई बेन्चमै राख्नु प्रशिक्षकको कमजोरी रह्यो । जसको कारण मिडफिल्ड र अग्रपंक्तिका खेलाडीबीच उत्कृष्ट तालमेल देखिएन ।

किर्गिस्तानविरुद्ध नेपाली टिमले केहि राम्रो अवसर भने सिर्जना गरेको थियो । तर, त्यो अवसर विंगर र डिफेन्डरको तालमेलबाट सम्भव भएको थियो ।

प्रशिक्षक महर्जन भने पहिलो खेलको नतिजाबाट सन्तुष्ट छन् । उनले यस प्रतियोगितालाई खेलाडीको परिक्षणको रुपमा हेरेको बताए ।

‘विगत तीन महिना देखि मेरो निगरानीमा रहँदै राष्ट्रिय टोलीले प्रशिक्षण लिइरहेको छ । यो तीन मिहनाको अवधिमा हामीले कुनै पनि मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएका थिएनौ । त्यसैले थ्री नेशन्स कपमा मैले खेलाडी परिक्षण गर्ने अवसर पाएको छु,’ प्रशिक्षक महर्जनले भने ।

महर्जनले किर्गिस्तानसँगको खेलमा नेपाली टोलीको मिडफिल्ड र स्ट्राइकर लाइन कमजोर भएको स्वीकारे ।

‘आजको खेलमा मैले जुन निर्देशन दिएको थिए, खेलाडीले त्यो नियम पालना गरेरै खेलेका छन् । तर, खेल जित्नका लागि स्कोर निस्कनु पर्ने हो । स्कोर समयमा निस्केन्,’ उनले भने, ‘हामीले धेरै अवसरहरु सिर्जना गरेका थियौ । त्यसमा अलिकति कता–कता स्ट्राइकरहरु चुकेको मैले देखेको छु । आगामी खेलमा त्यसलाई सुधारेर राम्रो नतिजा त्याउने म आशा गर्दछु ।’

यस प्रतियोगितालाई खेलाडी परिक्षणको रुपमा हेरेको बताउने महर्जनले नेपाली टोलीमा स्ट्राइकरको अभाव रहदा समेत स्ट्राइकर आषिश लामालाई मौका दिएनन् । गत सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगको सर्वाधिक गोलकर्ता भएपनि आषिशले मौका नपाएका हुन् ।

विभागिय टोली एपीएफबाट खेल्दै आएका आशिषले गत वर्षको लिगको १३ खेलमा ९ गोल गरेका थिए । लिगका दौरान हेडिङमा सबैभन्दा चुस्त देखिएका आशिष बक्सभित्र पनि त्यति नै चतुर देखिएका थिए । बक्स बाहिरबाट पनि प्रहार गर्न माहिर आशिषलाई यस प्रतियोगितामा भरपूर प्रयोग गर्दै उनको क्षमता मापन गर्ने सुन्दर अवसर थियो । यस प्रतियोगितामा उनको लय मापन गर्दै आउने खेलका लागि राष्ट्रिय टोलीमा आशिषको भविष्य निर्धारण हुन सक्थ्यो । तर, उनी प्रतियोगिताको पूर्व सन्धामा २३ खेलाडी भित्र पर्न सकेनन् ।

किर्गिस्तानसँग वान टच फिनिसिङमा चुकेको नेपालका लागि नवयुग श्रेष्ठ पनि राम्रो विकल्प हुन सक्थे । उनीसँग पेनाल्टी क्षेत्रभित्र वान चट गोल गर्न सक्ने क्षमता छ । तर, उनी पनि प्रशिक्षकको टोलिमा अटाउन सकेनन् ।

महर्जन भने अहिलेको यस टिम नेपालमा उपलब्ध भएको सबैभन्दा उत्कृष्ट टिम रहेको दाबी गर्छन्।

‘मैले जुन खेलाडीलाई स्ट्राइकरको रुपमा ल्याएको छु, जुन सोचेको छु, त्यसमा म सन्तुष्ट छु,’ उनले भने, ‘म यो मिडफिल्डर, यो फरवार्ड भनेर कुरै गर्दिन । मैले अहिले छानेको नेपालको टोली वान अफ दि बेस्ट टिम हो । म सन्तुष्ट छु । अरु अन्तुष्ट होला नहोला म भन्न सक्दिन् ।’

उनले थपे, ‘हामी देख्न सक्छौ, यस खेलमा ५-६ गोलको अग्रता लिनु पर्ने हो । हामीले त्यो अवस्था सिर्जना गरेका पनि थियौ । तर, त्यहाँ हाम्रा खेलाडी चुकेको अवश्य हो । त्यहाँ म्याक्सिमम क्रसिङ पनि नभएका भने हैनन् । त्यो ठाउँमा अलिकती धैयर्ता अपनाउनु पर्ने थियो । खेलाडीमा एग्रेसिभनेस बढी देखियो । यसलाई हामी पछिल्लो खेलमा अवश्य पनि म सुधार्ने छौ ।’

विश्वकप छनोटको तयारीमा रहेको टोली किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिनुले नेपाली फुटबल टोलीको स्तर देखाएको छ ।

कोरोनाका कारण केहि देशले बैदेशिक यात्रामा रोक नलगाएको भए यस समय नेपालले दशरथ रंगशालामा विश्वकप छनौटका घरेलु खेल खेल्ने थियो । तर, विश्वकपछनौट खेलिरहेको नेपाली टिमको यस प्रदर्शनबाट धेरै प्रश्न उठेको छ ।

यता प्रशिक्षक महर्जन थ्री नेसन्सको टिम विश्वकप छनौट खेल्ने अन्तिम नभएको बताउँछन् । ‘अहिले दश जना खेलाडी बाहिरिएका छन् । अब त्यो दश जना टिममा आउन पनि सक्छन् । विश्वकपका लागि अझै समय छ । हामी हेर्दै जाने छौ । यो मैत्रीपूर्ण खेल जस्तै हो । यसलाई खेलाडी परिक्षणको रुपमा हेर्नु पर्छ,’ उनले भने ।

प्रशिक्षक महर्जनले युवा खेलाडीलाई टोलीमा राखेर मात्र नहुने प्रतिक्रिया दिए । युवा खेलाडीलाई अवसर दिनु पनि आवश्यक रहेको उनले बताए ।

‘नयाँ खेलाडीलाई पनि अवसर दिनु पर्छ । उनीहरुको पोटेन्सियल देखेरै मैले टिममा राखेको हुँ । आजको टिममा मैले जतिपनि निरिक्षण गरे, उनीहरुको प्रशिक्षणबाट म खुसी छु,’ उनले भने, ‘जसलाई विश्वास गरेर मिडफिल्डमा खेल्न लगाएको थिए, उनीहरुको प्रदर्शनबाट म सन्तुष्ट छु ।’

महर्जनले नतिजा मात्रै नहेर्न आग्रह गरे । उनले नतिजाभन्दा खेलाडीको प्रदर्शन महत्वपूर्ण भएको बताए । गोलभन्दा पनि खेलाडीले बल आफ्नो पक्षमा राख्नुनै राम्रो खेल भएको महर्जनको आशय थियो । उनले भने, ‘तपाइले नतिजा मात्रै हेर्नु हुन्छ कि, खेल पनि हेर्नु हुन्छ ? स्कोर मात्र गर्न नसकेका हुन् । खेल उत्कृष्ट थियो ।’

खेलको ६७ औं मिनेटमा किर्गिस्तानी टोलीका कप्तान टासिभ कामोलिदीन दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । नेपालले करिब २९ मिनेट १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग खेलेको थियो । त्यसमा पनि करिब ५ मिनेट किर्गिस्तान टोली नौ खेलाडीमा सिमित थियो । तर, त्यस्तो अवस्थानमा पनि नेपालले गोल गर्न सकेन् ।

‘हामीले प्रयास नगरेको भने हैनौ । हामी त्यसमा चुक्यौ,’ प्रशिक्षक महर्जनले भने, ‘अबको खेलमा अंक महत्वपूर्ण हो । हामी एक अंक होस वा तीन अंक, अर्को खेलमा जोड्दै फाइनलमा पुग्ने प्रयास गर्ने छौ । किर्गिस्तानसँगको खेलले मेरो टिम, म र मेरा खेलाडीको विश्वास बढेको छ । त्यसैले अर्को खेलमा हामी राम्रो नतिजाको आशा गर्छौ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

Bajaj Pulsar Motorcycle Ad
मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक