काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालले अहिले किर्गिस्तानको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ ।
किर्गिस्तानसँग खेल्ने नेपाली टिमको सुरुवाती-११ को घोषणा भएको छ ।
सन्जोग राई र त्रिदेब गुरुङले नेपालको सिनियर टिममा डेब्यु गरेका छन् ।
नेपालको सुरुवाती-११
गोलकिपर - किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, अविशेक रिजाल
