एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर अल्भारो मोराटाले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो क्लबमा खुसी भएको बताएका छन् ।
मोराटाले रोनाल्डो क्लबमा खुसी रहेकोमा आफु विश्वस्त रहेको र उनी रियल मड्रिड नफर्कने बताए ।
‘मेरो विचारमा उ टिमसँग खुशी छ । युभेन्ट्स र म उसलाई यहिँ चाहन्छु किनकी युभेन्ट्समा विश्वका उत्कृष्ट खेलाडीहरु हुनुपर्छ,’ उनले भने ।
उनले रोनाल्डोलाई जितको बानी रहेको हुनाले खेलमा सोचेको जस्तो नतिजा नहुँदा रिसाएको तर टिमसँग उनी रहेको बताए ।
‘यो युभेन्ट्सको समस्या हैन । उ टिमसँग खुसी छ तर उसलाई जित्ने बानी छ त्यसैले रिसाएको छ यो सामान्य कुरा हो,’ उनले भने, ‘उसलाई च्याम्पियन्स लिग खेल्ने बानी छ । तर, उ अरु क्लबमा पनि उस्तै हुनुपर्छ ।’
रोनाल्डो युभेन्ट्ससँग चार वर्षे सम्झौता गर्दै रियल मड्रिडबाट २०१८ मा भित्रिएका थिए । उनी क्लबसँग सम्झौताको अन्तिम वर्षमा रहेका छन् ।