काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपालले आज (बिहिबार) किर्गिस्तानको ओलम्पिक टोलीसंग खेल्दैछ ।
झण्डै ६ वर्षपछि दशरथ रंगशालामा उत्रिन लागेको नेपालको राष्ट्रिय फुटबल टिमले पहिलो प्रतिद्धन्दीको रुपमा किर्गिस्तानलाई पाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
बंगलादेश सम्मिलित प्रतियोगितामा किर्गिस्तानलाई पराजित गरेको खण्डमा नेपाल एक खेल अगावै प्रतियोगिताको फाईनलमा प्रवेश गर्नेछ ।
मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानले बंगलादेशसंग १–० को हार व्यहोरेको थियो ।
किरण चेम्जोङ नेतृत्वको नेपाली टिम किर्गिस्तानविरुद्ध जित निकाल्दै एक खेल अगावै प्रतियोगिताको फाईनल पुग्न चाहन्छ ।
नेपालको जितले किर्गिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ । तर पाहुना टोली किर्गिस्तानले जित निकालेको खण्डमा तीनै टोलीको फाईनल सम्भावना रहनेछ ।
नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसंग खेल्नेछ ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिम फाईनल पुग्ने समिकरण रहेको छ । फाईनल खेल चैत १६ गते हुनेछ ।
नेपाली टिम :
गोलकिपर - किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास