अन्तराष्ट्रिय डोरीतान च्याम्पियनसिप हुने
बिहिबार, १२ चैत्र २०७७खेलपाटी संवाददाता

undefined
काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान (टग अफ वार) आउटडोर च्याम्पियनसिप हुने भएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता दुहवी नगरपालिकास्थित सरस्वती मावीको खेल मैदानमा हुने आयोजक सुनसरी जिल्ला डोरीतान संघले जानकारी दिएको छ ।
प्रतियोगिता चैत २६ देखि २७ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागसहित आयोजक टिम, चार प्रादेशिक टिम, एक भुपु ब्रिटिस गोर्खा टिम र भारतका दुई टिम गरी कुल १२ टिमको सहभागिता रहनेछ ।
खेल अन्तराष्ट्रिय डोरीतान महासंघ (टीडब्लुआईएफ) को नियमअनुसार नकआउटको आधारमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।








%20(1)-1769779466492.jpeg&w=3840&q=75)






-1770087653546.webp&w=3840&q=75)
-1770083994940.webp&w=3840&q=75)