काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप फुटलब प्रतियोगितामा आज किर्गिस्तानको यू-२३ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
दशरथ रंगशालामा हुने नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको पहिलो खेल हो भने किर्गिस्तानको यो दोस्रो खेल हो । यस अघि मंगलबार उद्घाटन भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
त्यसैले किर्गिस्तान नेपालविरुद्ध ‘गर या मर’ को अवस्थामा छ । उसलाई फाइनल खेलको लागि समिकरण यथावत राख्न नेपालविरुद्ध जितको विकल्प छैन । नेपालविरुद्धको हारसँगै ओलम्पिक तयारीमा रहेको किर्गिस्तान फाइलन खेल्नबाट बञ्चित हुनेछ ।
यता, नेपाललाई किर्गिस्तानसँगको जितले फाइनल यात्रा सहज बन्नेछ । नेपाल पनि पहिलो खेलमा अंक गुमाउन चाहदैन । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले किर्गिस्तानविरुद्ध खेलको पूर्वसन्ध्यामा अंक नगुमाउने प्रतिक्रिया दिसकेका छन् ।
तिन टोली सहभागी यस प्रतियोगिताका शिर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
त्यसैले आजको खेल निकैनै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ । नेपालको तर्फबाट कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्तानको लागि समेत गोलरक्षक तोकोतेयभ यर्जानले समाल्नेछन् ।
प्लेयर टु वाच :
किरण कुमार लिम्बु (चेम्जोङ) : गोलरक्षक तथा कप्तान
पछिल्लो समय नेपाली टोलीको आर्म ब्याड समालिरहेका छन् गोलरक्षक किरण लिम्बुले । उनीले थ्री नेसन्स फुटबल खेल्न यसै सातामात्रै नेपाल आएका हुन् । व्यावसायिक फुटबलका लागि भारतीय आईलिगमा ब्यस्त किरण पञ्जावको लागि खेल्ने गर्छन् । यस अघि पञ्जाबलाई लिगको उपाधि दिलाइसकेका उनी हाल टोलीको कप्तानी समेत हुन् ।
यता, ३१ वर्षीय किरणले नेपालको समेत कप्तानी गर्दै आईरहेका छन् । उनले फिफा विश्वकपका ३ खेलमा नेपालको कप्तानी इनिङ्स समाल्हेका छन् । १८५ सेन्टिमिटर हाईट रहेका यी खेलाडी किर्गिस्तानविरुद्ध मुख्य आकर्षक हुनेछन् ।
बोरुबएभ गुल्झिगित : स्ट्राइकर
ओलिम्पिकको तयारीमा रहेको किर्गिस्तान थ्री नेसन्स कप खेल्न नेपाल आएको हो । किर्गिस्तानको यू–२३ टोलीको महत्वपूर्ण खेलाडीमा २० वर्षीय बोरुबएभ रहनेछन् । बंगलादेशविरुद्ध अट्याकिङ लाईन समाल्हेका उनले बारम्बार बंगलादेशको रक्षापंक्तिलाई दबाब दिएका थिए ।