एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा क्रोएसिया पराजित भएको छ ।
बुधबार राति भएको खेलमा क्रोएसिया स्लोभानियासँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा स्लोभानियालाई जित दिलाउन सान्डी लोभ्रिचले निर्णायक गोल गरे ।
लोभ्रिचले खेलको १५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै समूह 'एच' को स्लोभानियाले ३ अंक जोडेको छ ।
क्रोएसियाले भने हारबाट छनोटको सुरुवात गरेको छ ।

यसै समूहको अर्को खेलमा रुसले माल्टालाई ३-१ ले हराएको छ ।
त्यस्तै स्लोभाकियाले साइप्रससँग गोलरहित बराबरी खेलेका छन् ।