एमएम कप र एक्सन स्पोर्ट्सबीच सम्झौता
सोमबार, चैत ९, २०७७खेलपाटी संवाददाता
काठमाडौं । एमएम कपका लागि डिजिटल राइट्स र प्रत्यक्ष प्रशारणका लागि एक्सन स्पोर्ट्स सञ्चालन गर्दै आएको ओइपीएलसंग सोमबार सम्झौता भएको छ ।
आयोजक एमएम कपका निर्देशक विप्लव घोष र ओइपीएलका अध्यक्ष दयाराम पाण्डेले आगामी ३ संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
एक दिवसीय एमएम कप क्रिकेटको तेश्रो संस्करण कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा बैशाख २५ गतेदेखि सुरु हुँदैछ ।
पछिल्लो दुई संस्करण सुनसरीको इनरुवामा भएको थियो ।
एमएम कपमा सातै प्रदेश र ३ विभागीय गरी १० पुरुष टोलीको सहभागिता रहने छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

