सेरेनाले मियामी ओपन नखेल्ने
सोमबार, ०९ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले मियामी ओपन टेनिस नखेल्ने भएकी छिन् ।
मुखको शल्यक्रिया गरेपछि विलियम्सले मियामी ओपन गुमाउने भएकी हुन् ।
'मियामी ओपनबाट नाम फिर्ता लिदा म दुखिद छु,' सेरेनाले भनेकी छिन्, 'मियामी मेरा लागि विशेष छ । किनकि यो मेरो घर हो ।'
३९ वर्षीय सेरेना मियामी ओपनमा आठ पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेना गत जनवरीमा भएको अष्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् ।
अष्ट्रेलियन ओपनमा सेरेना जापानकी नोआमी ओसाकासँग पराजित भएकी थिइन् ।
ओसाकाले नै अष्ट्रेलियन ओपन जितेकी थिइन् ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


