एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडसँग बराबरी खेलेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो ।
वेस्ट ह्यामको मैदानमा ३-० ले पछि परेपनि उत्कृष्ट पुनरागमन गर्दै आर्सनलले बराबरी खेलेको हो ।
जेसे लिंगार्डले १६ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-० को अग्रता दिलाए ।

खेलको ३२ औं मिनेटमा टोमस सौसेकले गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए ।
तर, खेलको ३८ औं मिनेटमा सौसेकले आत्मघाती गोल गरेपछि खेल ३-१ को स्थितिमा आयो ।
खेलको ६१ औं मिनेटमा वेस्ट ह्यामका क्रेग डसनले आत्मघाती गोल गरेपछि खेल ३-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३-३ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यस बराबरीसँगै आर्सनलले २९ खेलमा ४२ अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ ।
वेस्ट ह्याम ४९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।