काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि किर्गिस्तानको टिम नेपाल आईपुगेका छन् ।
किर्गिस्तानको ओलम्पिक टिम (यू-२३) आइतबार नेपाल आईपुगेका हुन् ।
किर्गिस्तानी टिमलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, सदस्य रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
बंगलादेशको टिम यस अघि नै नेपाल आईसकेको छ ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।