एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । सेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरे ।
खेलको २४ औं मिनेटमा ओलिभरले आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
आठ पटकको च्याम्पियन चेल्सीले गत सिजन फाइनल पुगेको थियो ।