नेपालगन्ज । लमजुङको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
नेपालगन्ज रंगशालामा आइतबार जुम्लाको लेकाली युवा क्लबलाई २–१ ले पराजित गर्दै त्रिवेणीले दोस्रो जित निकालेको हो ।
खेलको अन्तिम मिनेटमा सन्त बहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले ३ अंक जोडेको हो ।
त्रिवेणीका बिमल रानाले १७ औं मिनेटमा गोल गरेका थिए भने सन्त बहादुरले ९४ औं मिनेटमा गोल गरेका थिए । जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९ औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा जुम्लाका भुपेन्द्र म्यान अफ द म्याच घोषित भए ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।