चर्च ब्वाइजको लगातार तेस्रो जित
२०२१ मार्च २१, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा स्वयम्भु क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चर्चले लगातार तेस्रो जित निकालेको हो ।
जितसँगै समूह 'बी' मा रहेका चर्चले ३ खेलमा ९ अंक जोडेको छ । चर्च समूहको शीर्ष स्थानमा रहेको छ ।
स्वयम्भुको यो दोस्रो हार हो । स्वयम्भुले ३ खेलमा ३ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।