त्रिदेशीय फुटबल खेल्न नेपाल आईपुगे अभिषेक

काठमाडौं । भारतमा व्यावसायिक फुटबल खेलिरहेका राष्ट्रिय टिमका सदस्य अभिषेक रिजालले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि नेपाल आएका छन् ।
भारतको शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका स्ट्राइकर अभिषेक आइतबार नेपाल आईपुगेका हुन् । अभिषेक आईजवालबाट खेलिरहेका थिए ।
खेलपाटीसँग कुरा गर्दै अभिषेकले क्लबले रिलिज गरेपछि आफु नेपाल आएको बताए ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।