एजेन्सी । स्पेनिस ला लिगा फुटबल साविक विजेता रियल मड्रिडले आज सेल्टा भिगोसँग खेल्दैछ ।
रियलले सेल्टासँग उसैको मैदानमा खेल्नेछ । रियल र सेल्टाबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
सेल्टाको मैदानमा रियल सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । रियल जित निकाल्दै दोस्रो स्थानमा समेत उक्लन चाहन्छ ।
तेस्रो स्थानको रियलले २७ खेलमा ५७ अंक जोडेको छ । सेल्टालाई पराजित गर्न सकेमा रियल दोस्रो स्थानमा उक्लने छ ।
सेल्टा ३४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै एथ्लेटिक बिल्बाओले इबरसँग खेल्नेछ ।
त्यस्तै ओसासुनाले हुएस्कासँग खेल्नेछ ।