लाइपजिगको साँघुरो जित
शनिबार, ०७ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लाइपजिगले अर्मिनियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगलाई जित दिलाउन मार्सल सबिट्जरले निर्णायक गोल गरे ।
अर्मिनियाको मैदानमा मार्सलले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउन सफल भएको छ ।
दोस्रो स्थानको लाइपजिगले २६ खेलमा ५७ अंक जोडेको छ ।
बायर्नको ५८ अंक रहेको छ ।
पराजित अर्मिनिया २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।







-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)



