'सी' डिभिजन लिग : आज दुई खेल
शनिबार, चैत ७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर युथ क्लब र विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
समूह 'ए' मा रहेका महाबिर र विरगंजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।
समूह 'बी' मा रहेको विरगंज र प्लानिङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।








-1761730672592.jpg&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)