लिड्सको जितमा बामफोर्डको गोल
शनिबार, चैत ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले जित निकालेको छ ।
शुक्रबार राती भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे ।
फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए ।
फुलहमको मैदानमा २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
जितपछि लिड्सले २९ खेलमा ३९ अंक जोडेको छ । लिड्स लिगको ११ औं स्थानमा रहेको छ ।
फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।








-1761730672592.jpg&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)