बिहिबार, मंसिर १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

टेटेमा खेलाडी विवाद, सिफारिस पत्र झुटो !

बिहिबार, ०५ चैत्र २०७७खेलपाटी संवाददाता
टेटेमा खेलाडी विवाद, सिफारिस पत्र झुटो !
Classic Tech Internet Ad

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चैत २ गतेबाट देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता जारी छ ।

प्रतियोगितामा देशभरिका विभिन्न वडाहरुले मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

स्पिन इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगिताको बिहिबारको खेलमा भने सिफारिस पत्रनै अवैधानिक भएका खेलाडी भेटिएका छन् । जसले गर्दा प्रतियोगिताका खेलहरुनै अवरुद्ध बने।

विराटनगर महानगरपालिका वडा ३ बाट खेलेका महेश बानियाँ, पुष्पा पुडासाई र बोधित डिसीको वडा सिफारिस पत्र झुटो देखिएको छ ।

विराटनगर महानगरपालिका वडा ३ बाट खेलेका उनीहरुलाई इलाम नगरपालीका वडा ६ बाट बसाईसराइ गरि आएको भन्ने पत्र काटेको मिति र तोक लगाएको मिति फरक पर्न गएको छ ।

पत्र फागुनको अन्तिम शनिबार काटिएको र दिनै नभएको ३० गते वडाका अध्यक्षले तोक लगाएको भेटिएपछि ललितपुर महानगरपालिका वडा १२ का खेलाडीले विरोध गरेका छन् ।

सेमिफाइनलमा विराटनगरसँग ३–१ को सेटमा पराजित भएपछि ललितपुर वडा १२ ले आयोजक समक्ष अवैध खेलाडी भन्दै उजुरी हालेका थिए ।

तर, आयोजक कमिटिले अवैध खेलाडीलाई कारवाही गर्न नसकेको ललितपुर वडा १२ का व्यवस्थापक रकेन्द शाक्यले आरोप लगाए ।

‘विराटनर वडा ३ संग पराजित भएपछि उनीहरुको पत्रको बिषय बाहिरिएको थियो । त्यसपछि यस विषयमा खोजीनीति गर्दा विराटनगर वडा ३ का तीन खेलाडी नक्कली कागजात बनाएर प्रतियोगिता खेल्न आएको भेटिए ।’ ललितपुर वडा १२ का व्यवस्थापक शाक्यले भने, ‘कागज नक्कली भेटिएपछि हामीले आयोजकको नियम अनुसारनै प्रतियोगिता सकिएको १५ मिनेटभित्र उजुरी हालेका थियौ । तर, आयोजकले त्यस विषयमा खासै चासो दिएनन् । बिहिबार चर्को बिरोध भएपछि मात्र प्रतियोगिता रोकिएको हो ।’

कागजातको विषयमा विरोध भएपछि बिहिबार करिब दिनभरि नै प्रतियोगिता रोकिएको थियो । अर्कोतर्फ आयोजक कमिटीको लापरवाही समेत देखिएको छ ।

प्रतियोगिताका लागि फागुन २१ गतेभित्र खेलाडी दर्ता गरि सक्नु पर्ने भएपनि २८ गते बसाईसराई गरेको पत्रका आधारमा खेलाडीलाई खेल्नु दिन आयोजकको कमजोरी देखिएको छ ।

आयोजकले सरकारी छाप उल्लेखित पत्र भएकाले आफुहरुले खेलाउनु पर्ने बाध्यता भएको बताए ।

‘खेलाडी दर्ता फागुन २१ गते भित्र गरिसक्नु पर्ने थियो । उनीहरुले अनलाइनबाट नाम मात्र दर्ताका लागि पठाए । हामीले सबै कागजात माग्दा हामीसँग सबै कागजपत्र छ । हामो दर्ता गरिदिनुस भनेर उल्लेख गरे ।’ आयोजक मध्यका एकले सुनाए, ‘हामीलाई पहिला पठाएको पत्र हुँदैन । यसले मिल्दैन, सबै चाहिन्छ भनेका थियौ । त्यसपछि उनीहरुले सबै पत्र ल्याएका छौ । नाम राखिदिनुस भने । त्यति भनेपछि हामीले बाध्यताले नाम राखेका थियौ ।’

ललितपुर वडा १२ का व्यवस्थाकप शाक्यले विराटनगरका वडा कार्यालयमा सरकारी कागजी प्रक्रिया शनिबार पनि हुँदो रहेछ भन्दै व्यङ्गे कसे।

उनले भने, ‘विराटनगर वडा ३ मा शनिवार पनि सरकारी कागजमा तोक लगाएर पेश गर्ने कार्य हुँदो रहेछ ।’

आफुहरुले यस विषयमा आवाज उठाएपछि उनीहरुले कागज सच्याएर ल्याएको शाक्यले बताए ।

आयोजकका एक सदस्यले पनि वडा १२ ले प्रोटेस गरिसकेपछि मिति मात्र गलत भएकोे भन्दै विराटनगर ३ ले नयाँ मिति (२८ गतेको)मा अर्को पत्र ल्याएको बताए ।

‘मिति मात्र गलत भएको हो भन्दै विराटनगरले फेरी मिति सच्चाएर अर्को पत्र ल्याएको छ । अब रह्यो बसाईसराईको विषय । यस विषयमा को गलत, को सहि हामीलाई थाहा छैन ।’ आयोजकका एक सदस्यले भने, ‘त्यस कारण वकिललाई राखेर दुबै पक्षलाई अन्तिम निर्णय दिने सोचेका हौ । अब हामी दुबै टोलीको फाइल निकालेर हेर्ने छौ ।’

No description available.No description available.

No description available.

ललितपुर १२ का व्यवस्थापक शाक्यले पत्रको मिति र हस्ताक्षर मिति नमिलेपछि त्यसलाई नक्किलीनै मान्नु पर्ने दाबी गरे ।

‘हामीले कानुनी सल्लाहकार राखेर परामर्श लियौ । यसमा मिति र हस्ताक्षरनै नमिलेपछि नक्किली भएन र ?’ उनले प्रश्न गरे, ‘हामीले आयोजक र सहभागि टोलीलाई यो कसको गल्ती हो भनेर प्रश्न गर्दा उत्तर दिएन ।’

उनले थपे, ‘अर्कोतर्फ बसाईसराई भनेपछि उसको परिवार पनि हुनु पर्ने हैन र ? तर, यसमा खेलाडीलाई आफ्नो ठुलो आमा–बाबुको घर बसिरहेको भनेर प्रतिक्रिया दिँदै छन् ।’

आयोजकले विराटनगरका वडा अध्यक्षसँग बुझ्दा इलामबाट पठाएको पत्रका आधारमा बसाइसराई पत्र बनाईदिएको प्रतिक्रिया आएको बताएकाे छ ।

‘हामीले विराटनगरका वडा अध्यक्षसँग पनि बुझ्यौँ । उनले इलामबाट दिएको पत्रका आधारमा हामीले त्यसै गरि सिफारिस पत्र बनाइदिएको भन्ने प्रतिक्रिया दिए ।’

आयोजकले भने, ‘यहाँ जान्ने सुन्ने बुझ्ने वडा कार्यालयका सचिव पनि हुनु हुन्छ । उहाँहरुको भनाइ अनुसार कुनै पनि ठाउँमा घर तथा जग्गा जमिन नभएको व्यक्तिलाई बसाईसराई दिन मिल्दैन भन्ने छ । तर, वडा अध्यक्ष जस्तो मान्छेले कागजी प्रक्रिया नमिलाएर बसाईसराई कसरी दिए ? प्रश्न त्यहाँ उठयो ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

Bajaj Pulsar Motorcycle Ad
विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

पूजा र मिनाले एपीएफबाट खेल्ने

पूजा र मिनाले एपीएफबाट खेल्ने

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरलाई अर्को मौका

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरलाई अर्को मौका