मुगुरुजालाई दुबई च्याम्पियनसिपको उपाधि
सोमबार, ०२ चैत्र २०७७खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस खेलाडी गार्बिन मुगुरुजाले दुबई च्याम्पियनसिप टेनिसको उपाधि जितेकी छिन् ।
दुबईमा भएको फाइनलमा चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभालाई हराउँदै मुगुरुजा च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा २७ वर्षीया मुगुरुजाले बारबोरामाथि ७-६ (८-६) र ६-३ को सेटमा जित निकालिन ।
दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरुजाले करिब दुई वर्षपछि पहिलो डब्लुटिए उपाधि जितेकी हुन् ।
'यो मेरो लागि धेरै हो । उपाधि जित्नका लागि सहज छैन,' उनले भनिन् ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


