एजेन्सी । इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहमले क्रोएसियाको डाइनामो जाग्रेबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको जितमा ह्यारी केनले दुबै गोल गरे ।
घरेलु मैदानमा खेलको २५ औं मिनेटमा केनले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
यस जितसँगै टोटेनहमको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ ।
टोटेनहमले दोस्रो लेग डाइनामोको घरेलु मैदानमा खेल्नेछ ।
दोस्रो लेग खेल मार्च १८ मा हुनेछ । डाइनामोलाई भने दोस्रो लेगमा जित्नै पर्ने दबाब हुनेछ ।
