काठमाडौं । खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न लिगमा सबिन उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।
टिमलाई उपाधि दिलाउन नसकेपनि उनको प्रदर्शन उच्च रहेको थियो ।
यस्तै च्याम्पियन टिम सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।

त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्द खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए ।
सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे ।
प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।


