एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा बराबरीमा रोकिएको छ ।
बुधबार भएको खेलमा पन्जाब मोहमडेन स्पोर्टिङ क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
पन्जाबका लागि चेन्जो ग्याल्जेनले दुई गोल गरे । यस्तै अनिस झाले एक गोल गरे ।
मोहमडेनका अलि फैसल, पेड्रो मन्जि र मालिकले एक एक गोल गरे ।
यस बराबरीसँगै पन्जाबले १२ खेलमा १९ अंक जोडेको छ ।
पन्जाब चौंथो स्थानमा रहेको छ ।
मोहमडेन १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
