एजेन्सी । ब्राजिलको प्रशिद्ध स्टेडियम माराकाना स्टेडियमको नाम लिजेण्ड फुटबलर पेलेको नामाकरण गरिने भएको छ ।
फुटबलको भगवान मानिने पेलेको सम्मानमा माराकाना स्टेडियमको नाम पेलेको नाममा नामाकरण गरिएको हो ।
रियो द जेनेरियो राज्यको विधानसभामा भएको मतदानबाट स्टेडियमको नाम 'रेइ पेले स्टेडियम' अनुमति मिलेको हो ।
८० वर्षीय पेलेले ब्राजिललाई ३ पटक विश्वकप दिलाएका थिए । पेलेले सन् १९९६ मा माराकाना स्टेडियममै १ हजार गोलको कोशेढुंगा पूरा गरेका थिए ।
माराकाना स्टेडियममा सन् १९५० र सन् २०१४ को विश्वकप फाइनल भएको थियो । यस्तै सन् २०१६ को ओलम्पिकको उद्घाटन पनि माराकानामा भएको थियो ।
