एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्दैछ ।
बार्सिलोनाले पीएसजीसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र पीएसजीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
पीएसजीविरुद्ध मैदान उत्रदा बार्सिलोना दबाबमा हुनेछ । किनकि बार्सिलोना पहिलो लेगमा ४-१ ले पराजित भएको थियो ।
पहिलो लेगमा फराकिलो हार व्यहोरेको बार्सिलोनालाई क्वाटरफाइनलमा पुग्न फराकिलो जित निकाल्नु पर्ने दबाब रहेको छ ।
पीएसजीको घरेलु मैदानमा फराकिलो जित निकाल्न बार्सिलोनालाई सहज भने छैन ।
पीएसजीलाई भने घरेलु मैदानमा बराबरी र झिनो अन्तरले हारले पनि पुग्नेछ ।
बार्सिलोनाविरुद्ध पीएसजीका स्टार स्ट्राइकर नेयमार खेल्ने छैनन् । चोटका कारण उनी टिम बाहिर रहेका छन् ।
बार्सिलोनालाई पीएसजीविरुद्ध उत्कृष्ट पुनरागमन गरेको इतिहास भने रहेको छ ।
सन् २०१६/१७ को सिजनमा पीएसजीविरुद्ध बार्सिलोनाले उत्कृष्ट पुनरागमन जित निकालेको थियो ।
पहिलो लेग पीएसजीले ४-० ले जितेको थियो । तर, दोस्रो लेगमा बार्सिलोनाले ६-१ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत नै प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।
पहिलो लेगमा लिभरपुल २-० ले अघि रहेको छ ।