काठमाडौं । पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक 'सी' डिभिजन लिगमा घटुवा भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी 'बी' डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि पुल्चोक 'सी' डिभिजनमा घटुवा भएको हो ।
'बी' डिभिजनमै रहन पुल्चोकलाई अन्तिम खेल जित्नु पर्ने थियो । र, अन्य खेलको नतिजा कुर्नु पर्ने थियो ।
तर, नयाँबस्तीसँग पराजित भएपछि पुल्चोक घटुवा भएको हो ।
नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे ।
पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा अशोकले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा शिरबले गोल गर्दै पुल्चोकलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा विवेकले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए ।
जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । नयाँबस्ती नवौं स्थानमा रहेको छ ।
हारसँगै पुछारमा रहदै लिग सकाएको पुल्चोकले ११ खेलमा ५ अंक जोड्यो ।