काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटो खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे ।
बाँसबारीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आदीलको गोलबाट खुमलटारले १३ औं मिनेटमा अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा प्रसान्तले गोल गरेपछि पहिलो हाफमा खुमलटार २-० ले अघि रह्यो ।
खेलको ४८ औं मिनेटमा आयुषले गोल गरेपछि खुमलटारले ३-० को अग्रता बनायो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई ४-० को जित दिलाए ।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ ।
खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ ।
खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ ।
सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।
उपाधिसँगै सातदोबाटो 'ए' डिभिजनमा उक्लिएको छ ।
बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ ।
बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।