खेलाडी र प्रशिक्षकले लगाए कोरोनाविरुद्धको खोप
आइतबार, २३ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए ।
पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औं ३२ औं गृष्मकालीन ओलम्पिक हुँदैछ ।
खोप पाउनेमा ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि रहेका छन् ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
