• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
डाइटविना ओलम्पिकको तयारी !
खेलपाटी संवाददाता
बिहीबार, फागुन २०, २०७७ खेलपाटी संवाददाता
डाइटविना ओलम्पिकको तयारी !

काठमाडौं । नेपाल एथ्लेटिक्स संघले टोकियो ओलम्पिकका लागि खेलाडी सिफारिस गर्न सकेको थिएन ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले पटक पटक तोकेता गर्दा समेत एथ्लेटिक्स संघले ओलम्पिकका लागि नाम पठाउन सकेन ।

कोरोना भाईरसको महामारीको पनि प्रभाव थियो तर संघले छनोट गराउने जाँगर चलाएन ।

कोरोना कहरकै बीच गत मंसिरमा बाँकेमा नेपागञ्ज म्याराथन आयोजना हुने भयो । म्याराथनलाई ओलम्पिक छनोटको रुपमा समेत मान्यता दिईयो । गोपिचन्द पार्की विजेता बने र ओलम्पिकमा छनोट भए ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले ओलम्पिकको महोत्सवमा सबै देशको सहभागीता गराउन एथ्लेटिक्स लगायतका केही खेलमा कोटा दिने गर्छ । अनिवार्य सहभागी हुनुपर्ने एथ्लेटिक्सको ‘युनिभर्सालिटी प्लेसेस’ मा गोपिचन्द्र पार्की नेपालबाट छनोट भए ।

जुलाई २३ बाट जापानको टोकियोमा विश्व खेलकुदको महाकुभ्म मेला सुरु हुदैछ । नेपालबाट पार्की सहितका खेलाडीले सहभागीता जनाउने निश्चित छ । तर, ओलम्पिकमा देशका लागि दौडने तयारी गरिरहेका एथ्लेटिक्सका पार्कीले ‘डाइट’ खर्च समेत पाएका छैनन् ।

हलचोकस्थित एपीएफको खेल मैदानमा ओलम्पिकको तयारी गरिरहेका उनले छनोटमा परेको दुई महिना वितिसक्दा समेत खुराक खर्च पाउन सकेका छैनन् । उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् ।

पार्की बाहेक ओलम्पिक छनोटमा परेका अन्य खेलका खेलाडीले भने प्रशिक्षण खर्च स्वरुप एनओसीबाट मासिक पाँच हजार डलर पाइरहेका छन् । तर, पार्कीले मात्र मासिक भत्ता पाएका छैनन् ।
नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ यसको दोष एथ्लेटिक्स संघमाथि लगाउँछन् ।

ओलम्पिक छनोटका लागि खेलाडीको नाम पठाउन बारम्बार ताकेता गर्दा समेत संघले नाम नपठाएपछि एथलेटिक्स खेलाडीको मासिक भत्ता छुटेको निलेन्द्रले बताए ।

‘आजभन्दा करिब एक–डेढ वर्ष अगाडी ओलम्पिकमा सहभागिता जनाउन पाउने सबै खेलकुद संघलाई आ–आफ्नो खेलाडीहरुको नाम पठाउन आग्रह गरेका थियौँ ।’ उनले भने, ‘त्यस बखत विभिन्न संघले आफ्ना खेलाडीको नाम दिए । तर, बारम्बार ताकेता गर्दा समेत एथलेटिक्स संघले आफ्नो खेलाडीको नाम पठाउन सकेन ।’

संघले नै खेलाडीको नाम नपठाएपछि एनओसीले आईओसीमा प्राप्त खेलाडीको नाममात्र सिफारिस गरेको श्रेष्ठले जानकारी दिए ।

‘आईओसीमा खेलाडीको नाम पठाउने समय आइसक्यो । एथलेक्सि संघबाट कसैको पनि नाम आउन सकेन । एनओसीलाई प्राप्त नाममात्र पठाएका हौ । त्यस समय एथलेटिक्स छुटेको थियो ।’

श्रेष्ठले भने, ‘तर, एथलेटिक्स ओलम्पिकमा अनिवार्य सहभागिता गर्नु पर्ने भएकाले हामीले संघलाई सहभागिता गराएर नेपालगञ्जमा भएको म्यााथनबाट एक जना म्याराथन खेलाडी छनोट गरेका हौ ।’

पार्की घरेलु प्रतियोगितामा सबैभन्दा छोटो समयमा दुरी पार गर्दै राष्ट्रिय रेकर्डसहित ओलम्पिकका लागि छनोट भएका थिए ।

महासचिव श्रेष्ठले ओलम्पिकका लागि छनोट भएदेखि प्रतियोगिता सम्मको सबै खर्च एनओसीले तिर्ने बताए । पार्की एथ्लेटिक्सबाट छनोट भएकाले सबै जिम्मेवारी ओलम्पिकको हुने श्रेष्ठ बताउँछन् ।

‘उनी अब एनओसीको खेलाडी हुन् । त्यसैले उनको सबै खर्च एनओसीले तिर्ने छ । उनका लागि बाहिरबाट जुत्ता र ड्रेस मगाउने तयारी समेत गरेका छौ ।’ उनले भने, ‘हामीले केही दिन अगाडी मात्रै उनलाई भेटेका छौ र उनलाई अहिलेसम्मको आफ्नो खर्च विवरण राख्नु भनेका छौ । बन्द प्रशिक्षण सुरु भयो भने उनी हाम्रो निगरानीमा हुने छन् र त्यसको सम्पूर्ण खर्च एनओसीले नै तिर्नेछ ।’

पार्कीको मासिक भत्ताका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा पत्राचार गरि सकेको उनले जानकारी दिए । तर, त्यो भत्ता आउने नआउने कुनै टुङ्गो नभएको श्रेष्ठले बताए ।

‘आईओसीमा पत्राचर गर्दा उनका लागि भत्ता आउने नआउने कुनै टुङ्गो छैन र त्योसँग अब सरोकार पनि भएन ।’ उनले भने, ‘अब एनओसीले कुन बजेटबाट कसरी दिन्छ भन्ने अर्को विषय भयो । र हामी उनको सम्पूर्ण खर्च दिन्छौ,’ उनले थपे, ‘खेलकुदमा पनि साधारण बजेट हुन्छ । हामी त्यसैबाट कसरी हुन्छ व्यवस्था गर्ने प्रयासमा छौ । मासिक भत्ताको विषय कुनै ठुलो विषय पनि हैन ।’

सन् २०२० जुलाई २४ देखि अगस्ट ९ लाई तोकिएको टोकियो ओलम्पिक कोरोना भाइरस महामारीको कारण २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि सारिएको छ ।

ओलम्पिकका लागि पौडीका एलेक्स शाह र गौरिका सिंह, करातेका नवीन रसाइली र अनु अधिकारी, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, सुटिङकी सुस्मिता नेपाल र कल्पना परियार रहेका छन् ।

त्यस्तै भारोत्तोलनकी कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा ओलम्पिक छात्रवृत्तिमा परेका छन् । कोरोना अघि सुटिङको ओलम्पिक छनोट सकिए पनि अरू खेलको छनोट प्रतियोगिता महामारीकै कारण सरेको थियो ।

जापानमा यसै वर्ष हुने टोकियो ओलम्पिकको तयारीमा नेपालबाट ८ खेलमा १३ खेलाडी छन् । काठमाडौंमा ६ खेलको तयारी चलिरहेको छ भने आर्चरी र भारोक्तोलनको बन्द प्रशिक्षण पोखरामा छ ।

बन्द प्रशिक्षणलाई तिव्रता दिन नेपाल ओलम्पिक कमिटि (एनओसी)ले केही खेलका खेलाडीलाई मोफसल र केही खेलाडीलाई विदेश लैजाने तयारी गरेको छ ।

खेलाडीको प्रदर्शनमा निखारता ल्याउन थप प्रशिक्षणका लागि केही समय काठमाडौं उपत्यका बाहिर र केही समय विदेश लैजाने तयारी गरिरहेको एनओसीका महासचिव श्रेष्ठले जानकारी दिए ।

उनले छनोटमा परेका खेलाडीका लागि छुट्टै मेडिकल, फिजिकल फिट्नेस ट्रेनिङ लगायतको तयारी गरिरहेको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP