एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिड्सले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड, स्टुवार्ड डालस र राफिन्हाले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ७८ औं मिनेटमा डालसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई ३-० को जित दिलाए ।
जितसँगै लिड्स लिगको दशौँ स्थानमा उक्लिएको छ ।
लिड्सले २५ खेलमा ३५ अंक जोडेको छ ।
साउथह्याम्पटन ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
