एन्फा र गंगालाल अस्पतालबीच सम्झौता
मंगलबार, फागुन ११, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुको प्रि-कम्पिटिसन मेडिकल असेस्मेन्ट (पीसीएमए) परिक्षणका लागि सहिद गंगालाल अस्पतालसँग सम्झौता गरेको छ ।
एन्फाले सोमबार राष्ट्रिय टिमका महिला र पुरुष तथा एकेडेमीका खेलाडीको पीसीएमए परिक्षणका लागि गंगालालसँग सम्झौता गरेको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र गंगालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै गंगालालले खेलाडीहरुको मुटुको अवस्था पत्ता लगाउँन परिक्षण गर्ने छन्। यस्तै एन्फाले खेल कार्डियोलोजीको अध्ययन र अनुसन्धानका लागि गंगालाल अस्पताललाई सहयोग र समन्वय गर्नेछ ।
सम्झौतापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीहरुले परिक्षण गराएका थिए ।








-1761808270369.png&w=3840&q=75)






-1761788249466.webp&w=3840&q=75)