अभिषेकको डेब्यु, आईजवाल पराजित
मंगलबार, फागुन ११, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर अभिषेक रिजालले भारतको शीर्ष डिभिजन लिग आईलिगमा डेब्यु गरेका छन् ।
आईजवाल एफसीमा आबद्द अभिषेकले मंगलबार रियल कास्मिरविरुद्धको खेलमा डेब्यु गरेका हुन् ।
अभिषेक खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
तर, अभिषेकले डेब्यु गरेको खेलमा आईजवाल पराजित भएको छ ।
आईजवाललाई कास्मिरले ३-१ ले हराएको हो ।
कास्मिरको जितमा मासन रोबर्टसनले दुई गोल गरे । लुकम्यानले एक गोल थपे ।
आईजवालका लालियनसाँगाले एक गोल फर्काए ।
कास्मिर १७ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।
आईजवाल १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।






-1761808270369.png&w=3840&q=75)






-1761788249466.webp&w=3840&q=75)