भरतपुर । चितवन जिल्ला फुटबल संघको आयोजनामा स्व. विजय खड्की स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नारायणगढको क्याम्पा चौरमा आयोजना हुने प्रतियोगिता चैत ५ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।
