काठमाडौं । एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने भएकी छिन् ।
राष्ट्रिय लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेपछि सावित्राले बाँकी खेल गुमाउने भएको हुन् ।
लिगको उपाधि नजिक रहेको एपीएफले अब दुई खेल खेल्न बाँकी रहेको छ ।
'आजको खेलमा ल्यान्डिङ गर्दा चोट बोकेको छु । बाँकी खेल गुमाउने छु । एमआरआईपछि थप थाहा हुन्छ,' सावित्राले खेलपाटीसँग भनिन् ।
सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् ।
पुलिसविरुद्ध सावित्राले गोल समेत गर्न सकिनन् ।
सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।
