काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् ।
बल पोसेसनमा पकड जमाएपनि एपीएफले पुलिसविरुद्ध गोल गर्न सकेको छैन ।
आज एपीएफ पुलिसलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ ।
जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
एपीएफले ९ खेलमा २७ अंक जोडेको छ ।
पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।
तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ ।
पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ ।