एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गरे । हेक्टर बर्लिनको नाममा एक गोल रह्यो ।
यस्तै लिड्सका पास्कल र हेल्डेर कोस्टाले एक एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा औबामियाङले गोल गर्दै टोलीको अग्रता १-० को बनाएका थिए ।
खेलको ४१ औं मिनेटमा औबामियाङले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।
४५ औं मिनेटमा बर्लिनले गोल गरेपछि पहिलो हाफमा आर्सनल ३-० ले अघि रह्यो ।
खेलको ४७ औं मिनेटमा औबामियाङले ह्याट्रिक पूरा गरेपछि आर्सनलको अग्रता ४-० को बन्यो ।
औबामियाङ भ्यालेन्टाइनको दिन प्रिमियर लिगमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी हुन् ।

खेलको ५८ औं मिनेटमा लिड्सका पास्कलले गोल गरेपछि खेल ४-१ को स्थितिमा आयो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा लिड्सका कोस्टाले गोल गरेपछि आर्सनल ४-२ ले विजयी भयो ।
जितसँगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ ।
आर्सनलले २४ खेलमा ३४ अंक जोडेको छ ।
लिड्स २३ खेलमा ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।