एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४२ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

यस्तै खेलको ६१ औं मिनेटमा रियलका फेर्लाण्ड मेन्डीले गोल गरेका थिए ।
तर, रेफ्रीले भीएआरको सहायताबाट उनको गोललाई मान्यता दिएन ।
भ्यालेन्सियामाथिको जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले २३ खेलमा ४९ अंक जोडेको छ ।
तर, रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा अझै ५ अंकले पछि रहेको छ ।
भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै रियल सोसीडाडले गेटाफेलाई १-० ले हराएको छ ।