अबिनास थापा । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगितामा सिंगौल फुटबल क्लब र रतनपुर युनाईटेड युथ क्लब विजयी भएको छ ।
शहिद हिरालाल रंगशालामा आइतबार भएको खेलमा रतनपुरले नमोबुद्ध आधुनिक क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
रतनपुरका लागि कप्तान आशालाल कुमरले २ गोल गरे । खेलको ८ औं मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाएका थिए ।
रतनपुरले दोश्रो हाफमा थप २ गोल गर्यो । खेलको ४१ औं मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाए ।
व्यक्तिगत दोश्रो तथा टिमको लागी तेश्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५० औं मिनेटमा फ्रिकिक मार्फत गोल गरे । डिबक्स नजिकबाट प्राप्त गरेको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान आशालालले व्यक्तिगत दोश्रो गोल गरेका हुन । रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ द म्याच समेत बने।
त्यसअघि भएको पहिलो खेलमा सिंगौलले शान्तिटोल युनाईटेड क्लबलाई ६-० ले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा सिंगौल फुटबल क्लब ए र हिमाल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेलमा बाघ भैरव युवा क्लब र निजगढ युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।