बायर्नले भित्र्यायो लाइपजिगका डिफेन्डर
आइतबार, फागुन २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सका डिफेन्डर डायोट उपामेकानोलाई अनुबन्ध गरेको छ ।
बायर्नले सेन्टर ब्याक उपामेकानोलाई आरबी लाइपजिगबाट अनुबन्धित गरेको हो ।
२२ वर्षीय डिफेन्डर उपामेकानोले बायर्नसँग ५ वर्षको सम्झौता गरेका छन् ।
बायर्नले उपामेकानोलाई ४२.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बताईएको छ ।
उपामेकानो जुलाई १ बाट बायर्नका खेलाडी हुने छन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)