एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा लेष्टर लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो ।
लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।
लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, ७९ औं मिनेटमा जेम्सको गोलबाट लेष्टर खेलमा फर्कियो ।
खेलको ८१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा बर्नेसले गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।
जितसंगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लेष्टरले २४ खेलमा ४६ अंक जोडेको छ ।
लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
