युभेन्ट्स र नापोली भिड्दै
शनिबार, फागुन १, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज युभेन्ट्सले नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता समेत रहेको युभेन्ट्सले नापोलीसँग उसैको मैदानमा खेल्नेछ ।
नापोलीविरुद्ध मैदान उत्रदा युभेन्ट्स जित निकाल्ने योजनामा रहेको छ ।
उपाधि होड कायम राख्नलाई युभेन्ट्सलाई नापोलीविरुद्ध ३ अंक महत्वपूर्ण हुनेछ ।
त्यसैले युभेन्ट्स जित निकाल्ने योजनामा हुनेछ ।
युभेन्ट्स २० खेलमा ४२ अंक जोडेको तेस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स शीर्ष स्थानको एसी मिलान भन्दा ७ अंकले पछि रहेको छ ।
नापोलीलाई हराएर युभेन्ट्स अंक दुरी समेत कम गर्न चाहन्छ ।
नापोली ३७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा युभेन्ट्सलाई हराएर नापोली पनि शीर्ष पाँचमा उक्लन चाहन्छ ।
सिरी ए अन्तर्गत नै अर्को खेलमा टोरिनोले जिनोआसँग खेल्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)